काठमाडौ २६ फागुन ।
स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट पुनरागमन गरेको छ ।
पहिलो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीसँग ४–० गोल अन्तरले पराजित भएको बार्सिलोनाले गएराति दोस्रो लेगको खेलमा नतिजा उल्टाएको हो ।
घरेलु मैदानमा भएको खेलमा ६–१ को जीत दर्ता गरेको बार्सिलोना समग्रमा ६–५ को नतिजा निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो । बार्सिलोनाका लागि नेइमारले दुई तथा लुईस सुवारेज, लियोनल मेस्सी र सर्जी रोबेर्टोले एक–एक गोल गरे ।
बार्सिलोनाका लागि पिएसजीका कुर्जावाले आत्माघाती गोल गरेका थिए । च्याम्पियन्स लिग अन्तरगत गएराति नै सम्पन्न अर्को खेलमा पोर्चुगलको बेनीफिकालाई ४–० ले पराजित गर्दै जर्मनीको बोरुसीया डर्टमण्ड पनि क्वाटरफाइनल पुगेको छ ।
खेलमा डर्टमण्डलाई विजयी गराउन पिएरे एमरीक औबामायङले ह्याट्रिक गरे । डर्टमण्डका लागि क्रिश्चियन पुलिसिचले एक गोल थपे ।
पहिलो लेगको खेलमा १–० गोल अन्तरले पराजित भएको डर्टमण्ड दोस्रो लेगमा फराकिलो जित हात पार्दै समग्रमा ४–१ को परिणामसहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।