सप्तरी घटनाको छानबिन गर्न प्रहरीको टोली गठन

सप्तरी घटनाको छानबिन गर्न प्रहरीको टोली गठन

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

राजविराज २५ फागुन । प्रहरीको गोली लागेर चार जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको घटनाको छानबिन गर्न पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनरगरले आज तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।

अञ्चल प्रहरी कार्यालय कोसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम कार्कीको संयोजकत्वमा छानबिन टोली गठन गरिएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश भट्टराईले राससलाई बताउनुभयो । छानबिन टोलीमा पूर्वक्षेत्रीय प्रहरी गणका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल र क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझी सदस्य रहनुभएको छ ।

टोलीले भोलिदेखि आफ्नो काम सुरु गर्ने बताइएको छ । टोलीलाई घटनामा गोली चलाउनुपर्ने अवस्था, सुरक्षाकर्मीको संयोजन विधिसम्मत् थियो÷थिएन, सुरक्षाकर्मीको नेतृत्व गर्नेको कमजोरी भए÷नभएकोलगायत विषयमा छानबिन गरी अविलम्ब समीक्षात्मक प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको डिआइजी भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच, सप्तरी घटनापछि उत्पन्न परिस्थितिलाई सामन्यीकरण गर्न आज राजविराजमा स्थानीय प्रशासन र संयुक्त लोकतात्रिक मधेसी मोर्चाबीच वार्ता भएको छ । निमित्त प्रजिअ एवम् प्रशासकीय अधिकृत प्रेमप्रसाद उपाध्यायले मोर्चा र प्रशासनबीच भएको सो वार्तामा मोर्चाले घटनामा परी मृत्यु भएकालाई सहिद घोषणा, क्षतिपुर्ति, घाइतेको उपचार र गोली चलाउनेलाई कारबाही गर्ने माग गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ