मधेसी दललाई सहमतीमा ल्याएर अघि बढ्नुपर्नेमा प्रमको जोड

मधेसी दललाई सहमतीमा ल्याएर अघि बढ्नुपर्नेमा प्रमको जोड

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

फागुन २५, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दललाई समेत सहमतीमा ल्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभएके छ ।

बालुवाटारमा आज दिउसो बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री दाहालले मधेसी दलसँग थप छलफल गरि सहमती निकालेर अघि बढ्न सत्तासाझेदार काग्रेस र प्रतिपक्षी एमालेका शिर्ष नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले सप्तरी घटनापछि मधेशी मोर्चाको आन्दोलन र ज्ञापनपत्र एवम् विकसित परिस्थितिका बारेमा जानकारी गराउँदै प्रमुख दलबीच राष्ट्रिय मुद्धामा समान धारणा बनाएर जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

प्रधानमन्त्रीले अहिले मधेशमा आन्दोलनका कारण केही असहज अवस्था सिर्जना भएको भन्दै एमालेलाई मेची महाकाली अभियान केही दिन स्थगित गरेर राष्ट्रिय समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्नुभयो ।

बैठकमा एमालेका नेताहरुले आफ्नो पार्टीका कार्यक्रममा शान्ति सुरक्षाको सुनिश्चितता गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । एमाले अध्यक्ष केपि ओलीले आफ्नै मुलुकमा कार्यक्रम गर्न नपाउनु विडम्बना भएको भन्दै सप्तरी घटनाका दोषिलाई तत्काल कार्वाहि गर्न माग गर्नुभयो ।

बैठकपछि सन्चारकर्मीसँग बोल्दै उपाध्यक्ष बामदेव गौतमले मधेसी मोर्चाको माग अनुसार कुनै हालतमा निर्वाचन स्थगित गर्न नहुने धारणा राख्नुभयो । यद्धपि मोर्चालाई निर्वाचन प्रक्रियामा ल्याउनका लागी थप छलफल गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई आफुहरुले पनि सकारात्मक रुपमा लिएको उहाँको भनाई छ ।

यस्तै आजको बैठकमा सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षालगायत समसामयिक विषयमा पनि छलफल भएके थियो ।

यसैबीच , अहिले प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग छुट्टै छलफल गरिरहनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ