सरकारले स्थानीय तह पुनर्संरचना प्रतिवेदन आयोगमा बुझायो

सरकारले स्थानीय तह पुनर्संरचना प्रतिवेदन आयोगमा बुझायो

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२५ फागुन ।
सरकारले ७ सय ४४ वटा स्थानीय तह हुने गरी तयार स्थानीय तह पुनर्संरचना प्रतिवेदन निर्वाचन आयोगलाई वुझाएको छ ।

पुनर्संचरना आयोगले सिफारिस गरेको संख्यामा २५ वटा थप गर्दै सरकारले ७ सय ४४ वटा स्थानीय तह हुने गरीको प्रतिवेदन निर्वाचन आयोगलाई दिएको हो ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित तीन सदस्यीय मन्त्रीस्तरीय कार्यदलको अध्ययन प्रतिवेदन पारित गर्दै सरकारले गएराती निर्वाचन आयोगलाई प्रतिवेदन वुझाएको हो ।

यो सँगै आगामी बैशाख ३१ गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारी थाल्न आयोगलाई बाटो खुलेको छ ।

आयोगको प्रतिवेदनलाई लिएर प्रदेश नम्बर दुई र अन्य प्रदेशका केही जिल्लामा विरोध भएपछि सरकारले तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको थियो ।

मन्त्री पाण्डेले गएराती प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई प्रतिवेदन बुझाउनुभएको निर्बाचन आयोगका प्रबक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
अध्ययन कार्यदलको सिफारिसकाआधारमा सरकारले २ नम्वर प्रदेश अन्तर्गतका बिभिन्न जिल्लामा २१ वटा स्थानीय तह थप गरेको थियो ।
सरकारले स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरे बमोजिम ६२ जिल्लाको पुर्नसंरचनालाई भने यथावत राखेको छ । खोटाङ, नुवाकोट, बझाङ, काठमाडौंसहित बांकी १३ जिल्लामा स्थानीय तहको संख्या र सीमांकनमा सामान्य हेरफेर भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ