काठमाण्डौ ,२५ फागुन ।
मन्त्रीपरिषदको बैठक आज बस्दै छ । हिजोका लागी बोलाईएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको कार्याव्यस्ताका कारण आजका लागी सारिएको थियो ।
सिंहदरबारमा दिउसो २ बजेपछि बस्ने बैठकले सप्तरी घटनाको समिक्षा गरि आवश्यक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।
बैठकले घटनाको छानविनका लागी समिति गठन गरि मृतकका परिवारलाई क्षतिपूर्ती र घाईतेको उपचारका लागी आवश्यक निर्णय गर्ने उहाँले बताउनु भयो ।
आगामि बैशाख ३१ गते तय भएको स्थानिय तहको निर्वाचनको वातावरण बिगार्न नदिने उदेश्य सहित सरकारले आवश्यक निर्णय गर्ने जनाईएको छ ।
हिजोको बैठक स्थगित गरि प्रधानमन्त्री दाहालले काग्रेस सभापति शेरबहादुर देउवा , उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी , राप्रपाका अध्यक्ष कमल थापासँग सप्तरी घटनाबारे छलफल गरिसक्नुभएको छ ।