सप्तरी ,२५ फागुन ।
सप्तरीमा सोमबार भएको हिंसात्मक घटनाको बिरोधमा आज पनि दुई नम्बर प्रदेश अन्तरगतका बिभिन्न जिल्लाहरुमा बिहानैबाट प्रदर्शन सुरु भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्व गरेको बन्दको दोस्रो दिन आजपनि बिहानैबाट प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
बन्दका कारण सो प्रदेश अन्तरगतका जिल्लामा यातायातका साधन नचल्नुका साथै बजार पसल , कलकारखाना तथा शैक्षिक संस्था आजपनि ठप्प छ । मुख्य तथा सहायक राजमार्गमा सवारी साधन ठप्प छ ।
३ जनाको ज्यान जानेगरी भएको घटनाको बिरोधमा मोर्चाले हिजो र आज दुई दिनका लागी तराई बन्दको आह्वान गरेपनि मोर्चाका स्थानिय कार्यकर्ताले भने सप्तरीमा अनिश्चितकालिन बन्द आह्वान गरेका छन् ।
बन्दको पहिलो दिन सबैभन्दा अशान्त बनेको राजविराको सदरमुकाम गजेन्द्रनारायण चोकमा आज पनि बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
बन्दका क्रममा हुन सक्ने प्रदर्शन तथा झडपलाई मध्यनजर गरी स्थानिय प्रसासनले उल्लेख्य सुरक्षाकर्मी परिचालन गरेको छ ।
एमालेको मेची महाकाली एकता अभियानका क्रममा सोमबार प्रहरीसँग भएके झडपका क्रममा ३ जनाको मृत्यु हुनुका साथै २० जना घाईते भएपछि मोर्चाले तराई बन्दको आह्वान गरेको हो ।