चालिस वर्ष माथिकालाई ‘युवा’ भन्न नपाइने

चालिस वर्ष माथिकालाई ‘युवा’ भन्न नपाइने

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २४ फागुन । सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’ बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको उक्त उमेर निर्धारण गरेको हो ।

मन्त्रालयले नेपाली युवाको हकहित संरक्षण गर्दै तिनलाई सक्षम तुल्याई राष्ट्रिय विकासको मूल प्रवाहमा एकीकृत गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न राष्ट्रिय युवा परिषद् ऐन, २७२ बमोजिम युवा परिषद् गठन गरेको जनाउँदै देशका ७५ वटै जिल्लामा युवा समिति कार्यालय सञ्चालन भएको बताएका छ ।

परिषद् ऐनमा युवाको उमेर १६ देखि ४० वर्ष निर्धारण भए पनि नेपाल सरकारका विभिन्न निकायका नीति, कार्यक्रममा युवाको उमेरको विविधता पाइएकाले अबउप्रान्त मन्त्रालय र अन्तर्गतका सचिवालय, परिषद्, प्रतिष्ठान र समितिका कार्यक्रममा युवाको उमेर ऐनबमोजिम नै कायम गर्न सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ