महिला भएकै कारण हिंसा कहिले सम्म सहने ?

महिला भएकै कारण हिंसा कहिले सम्म सहने ?

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

-भगवती श्रेष्ठ

सार्वजनिक स्थलमा महिला मात्र होइन पुरुष पनि हिड्नु पर्छ । तर सार्वजनिक बाटोमा हिड्न पनि विशेष गरी किशोरीहरुले किन असुरक्षीत महसुस गर्नु पर्ने ? अझ भनौ सार्वजनिक सवारी साधनमा कोचिएर यात्रा गर्नु पर्दाको अवस्थामा होस, सार्वजनिक सवारी साधनबाटै कतै एक्लै लामो यात्रा गर्दाको अवस्थामा होस, बाटोमा हिड्दाको अवस्थामा होस, साँझ तथा विहानी पख एक्लै यात्रा गर्दाको अवस्थामा होस, कुनै पनि अफिसमा काम गर्दाको अवस्थामा होस लगायत विभिन्न अवस्थामा महिलाले किन महिला भएकै कारण विभिन्न प्रकारको हिंसा सहनु पर्ने ?

अनेकौ प्रश्नहरु छन् । जहाँ पछिल्लो समय महिलाहरुले आफू माथि हुने हेपाइ चेपाईको प्रतिकार गर्न थाले तापनि धेरै जसो महिला अझ भनौ किशोरीहरुले खुलेर प्रतिकार गर्न सकिरहेका छैनन् । उनीहरु आफू माथि भएको अत्याचार सहजै स्वीकार गरेर बस्न बाहेक केहि गर्न सकेका छैनन् । यस्ता प्रकारका हिंसा सहेर महिला कहिले सम्म बस्नु पर्ने सरकार ? यस्ता प्रकारका हिंसा सहेर कयौ महिला बस्न बाध्य रहेका छन् ।

जन्मदाता, जननी माता, धर्तीको आधा आकाशका रुपमा हेरिने महिला महिलौ भए कै कारण हिंसा सहेर बस्न बाध्य रहेका छन् । नेपाल जस्तो विकासोन्मुख मुलुकमा महिला अनेकौ हिंसा सहेर बस्न बाध्य रहेका छन् । पुरुष प्रधान देश नेपालमा महिला लाई जन्मदाता जननी माताको उप नाम दिए तापनि महिलाको अस्तित्वमाथि खेल बाड गर्न अलिकति पनि पछि नपर्ने पुरुष नै हुन् । तर महिला माथि महिलाले नै हिंसा गरिरहेको पनि हामी पाउन सक्छौ । यसो भनी रहदा महिला मात्र हिंसाको शिकार भएका छन् भने होइन पुरुष पनि छन् जो हिंसाको शिकार भएका छन् । तर पुरुषको तुलनामा महिला बढी यस्को शिकार हुन पुगेका छन् ।

आफ्नो पुरुषत्व देखाउन बाटोमा हिड्ने महिलाहरुलाइ अनेकौ बहानामा जिस्काउने, यात्रा गर्दाको समयमा मानिसको भिड भएको मौका छोपी थाहा नभएको होइन जस्तो गरी महिलाहरुको संवेदनशील अंग छुने तथा छुवाउने, पेसागतका हिसावमा महिला भएकै कारण महिलाले बोलेको सही कुराहरु पनि सहि होइन जस्तो गरी लागु नगर्ने नगराउने गर्दछन् । यी यस्ता यावत कुराहरु गरे पछि उनीहरुलाई पुरुष प्रधान समाजमा पुरुषत्व प्राप्त भएको महसुस हुने अनि घमण्डले छाती फुलाएर बस्ने प्रवृति हाम्रो समाजमा छ्याप्छ्याप्ती रहेका छन् । यस्ता प्रवृति कहिले सम्म सरकार ?

महिला माथिको हिंसा न्युनिकरणका लागि विभिन्न एन जि ओ तथा आइ एन जि ओ हरुको विग विगी रहेको पाइन्छ तर महिला माथिको हिंसा भने न्यूनिकरण भएको पाइदैन । झन बढ्दो क्रममा रहेको छ । बच्चा देखि सय वर्ष नाघेका सयौ वृद्ध आमाहरु समेत बलात्कारको शिकार बन्न पुगेका छन् । बलात्कार पछि निर्मतापूर्ण तरिकाले हत्या पनि गरेका घटनाहरु हम्रा आखाँ अगाडि छर्लङग रहेका छन् । तर पनि बलात्कार लगायत यस्ता यावत घटनाहरुको न्युनिकरण हुनुको साटो बढ्दो रहेका छन् ।

यसका लागि सरकारले कानून बनाए तापनि कानुनी कार्यान्वयन प्रक्रिया भने फितलो रहेको छ । अपराधीहरु खुलेआम शीर ठाडे पारेर हिड्छन भने जो पिडित छन् ऊ नै चाँहि शिर निहुराएर हिड्नु पर्ने अवस्था छ हाम्रो समाजमा । घरेलु हिंसा पनि यत्तिकै बढ्दो छ । यस्तो प्रवृतिको अन्त्य कहिले सरकार ?
महिला हिंसाका घटनामा वृद्धि हुनुका पछाडि हलिउड, बलिउड र कलिउडको भूमिका पनि कम छैन । बलिउड र विशेषगरी कलिउडमा बढ्दै गइरहेको नग्नता र अश्लीलताका कारण पनि हाल भइरहेको जघन्य खालका महिला हिंसाका घटना घटिरहेका छन् । नेपाली समाजमा व्याप्त जुवातास मदिरा सेवन लगायतका समाजिक विकृति पनि हिंसाका लागि जिम्मेवार रहेको पाइन्छ । इन्टरनेट, साइबर, फेसबुकको विकास र त्यसप्रति बढ्दै गइरहेकोे पहँुच पनि महिला हिंसा बलात्कारका लागि जिम्मेवार रहेको पाइन्छ ।

यस्ता तमाम कारणले गर्दा महिला माथिको हिंसा बढी रहेको छ । महिला माथि हुने हिंसा तथा सबै खाले हिंसा अन्त्य गर्नका लागि यी सबै पक्षलाई विचार गर्नु आवश्यक छ । नेपाली राजनीतिमा जारी गतिरोध तथा क्रमभङ्गता, अन्धविश्वास रुढीवादी सोच, चिन्तन, संस्कार र जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन र देशको कानुनी प्रक्रियामा परिवर्तन नआएसम्म महिला हिंसाको अन्त्य सम्भव छैन ।

महिला हिंसा अन्त्यका लागि भन्दै वर्षेनी नारी दिवस, महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था भए तापनि यस प्रकारका हिंसामा कमी आउन भने छाडेको छैन । झन बालिका वृद्धा पनि बलात्कारको शिकार बन्न पुगेका छन् । र उनीहरुको विभत्स हत्या हुने गरेको ताजा घटना हाम्रो मनमस्तिष्कमा रहेका छन् । यस्ता प्रकारका घटनाको अन्त्य हुन जरुरी छ । यसका लागि सर्व प्रथम त तपाई हाम्रो सोचमा परिवर्तन ल्याउनु अति आवश्यक छ अनि राज्यको कानुनी प्रक्रियालाई पनि मजबुद पार्नु पर्ने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी