मोर्चाको बन्दका कारण तराई मधेशको जनजीवन बिहानैबाट प्रभावित

मोर्चाको बन्दका कारण तराई मधेशको जनजीवन बिहानैबाट प्रभावित

  • मङ्लबार, फाल्गुन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ २४ फागुन ।
सिप्तरीको राजविराजमा एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले हस्तक्षेप गर्दा चार जनाको मृत्यु भएपछि मधेश मोर्चाले आह्वान गरेको मधेश बन्दका कारण आज बिहानैबाट जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण कारण सप्तरी सिरहा लगायत तराईका जिल्लाहरुमा बिहानै देखि लामोा तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार पसल र शिक्षण संस्थाहरु पनि ठप्प रहेका छन् ।

मोर्चाका कार्यकर्ताहरु बिहानैदेखि चोक चोकमा निस्केर प्रदर्शन गरिरहेका छन् । बन्दमा अप्रिय घटना हुन नदिन बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसैबीच गृहमन्त्रालयले राजविराज घटनापछि तराई मधेशको सुरक्षा व्यवस्थामा थप कडाई गरेको छ । एमाले र मोर्चा आमनेसामने हुँदा हिंसा भड्कने खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाई गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै सप्तरी घटनापछि मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । सभामुख ओनसरी घतीसँग आज भेट गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा औपचारिक पत्र बुझाउने तयारी भएको मोर्चा नेता केशव झाले जानकारी दिनुभयो ।

एमालेको मेचीमहाकाली अभियान अन्तरगत हिजो सप्तरीको राजविराजमा आयोजित कार्यक्रमलाई बिथोल्ने क्रममा प्रहरीको गोली लागेर पिताम्बर मण्डल, सन्जन मेहता, दिगम्बर यादव, र आनन्दप्रसाद साहको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ