एजेन्सी, फागुन २४।
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । वेष्ट ह्यामको मैदानमा भएको चेल्सी २–१ ले विजयी भएको हो ।
खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा र एडिन हाजार्डले एक–एक गोल गरे । वेष्ट ह्यामका म्यानुअल लान्जीनीले एक सान्त्वना गोल फर्काए ।
जितसँगै चेल्सीले अंक तालिकामा दोस्रो स्थानको टोटनह्यामसँगको दूरी १० अंक र्पुयाएको छ । २७ खेलबाट चेल्सीको ६६ अंक छ भने समान खेलबाट ५६ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline