सप्तरीमा गोली लागि ४ मोर्चा कार्यकर्ताको मृत्यु , अवस्था तनावग्रस्त

सप्तरीमा गोली लागि ४ मोर्चा कार्यकर्ताको मृत्यु , अवस्था तनावग्रस्त

  • सोमवार, फाल्गुन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

सप्तरी फागुण २३ । सप्तरीमा एमालेलाई प्रवेश गर्नै नदिने भन्दै राजविराजमा भएको एमाले सभाबाट फर्किएका माथि ढुंगा मुडा र पेट्रोल बम प्रहार गरे पछि प्रहरीले गोली चलाउदा ४ जना मोर्चा कार्यकर्ताको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सञ्जन मेहेता, दिगम्वर यादव,आनन्द शाह र गजेन्द्र मण्डल रहेका छन् । झडपमा १५ जना मोर्चा कार्यकर्ता र दुई दर्जन प्रहरी पनि घाईते भएका छन् ।
मोर्चाका कार्यकर्ताले सवारी जलाउने, आम सभामा गएकामाथि आक्रमण गर्ने र प्रहरीमाथि नै ढुंगा हान्न थाले पछि शुरुमा हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।
तर स्थिति नियन्त्रणमा आउन नसके पछि प्रहरीले गोली नै चलाउनु परेको र घटना भएको जनाएको छ ।  मोर्चा कार्यकर्ताले प्रहरीको एउटा सञ्चार सेट समेत खोसेर लगेका छन् ।
राजविराज भन्दा केही टाढा सकेट बम समेत राखेको भेटिएको थियो । त्यसलाई सेनाले निस्क्रिय पारेको थियो । यस घटना पछि अहिले सप्तरीको विभिन्न ठाँउमा तनाव ग्रस्त भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ