दीपेन्द्रसिंह ऐरीलाई समेट्दै नेपालले केन्यासँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि आइतबार १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा नेपालले केन्यासँग आउने शनिबार र सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल्दैछ ।
छनोट भएका खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, आरिफ शेख, महबुब आलम, करण केसी, आसिफ शेख, सागर पुन, शरद भेषावकर, शक्ति गौचन, अविनाश कर्ण, सोमपाल कामी, सुनील धमला, दीपेन्द्र, वसन्त रेग्मी, विनोद भण्डारी र सन्दीप लामिछाने छन् । दिलीप नाथ, भुवन कार्की, अविनाश कर्ण र राजेश पुलामीलाई वैकल्पिकमा राखिएको छ । तेस्रो चरणको छनोटमा १९ खेलाडीमा समेटिएका आशिफ शेख वैकल्पिकमा पनि छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline