आर आरमा आज हुने भनिएको स्ववियु निर्वाचन अन्योलमा

आर आरमा आज हुने भनिएको स्ववियु निर्वाचन अन्योलमा

  • सोमवार, फाल्गुन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, २३ फागुन ।
काठमान्डौ उपत्यकाको रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) मा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।

क्याम्पस परिसरमा अहिले विद्यार्थीहरु चुनाव गर्नु पर्ने र स्थगन गर्नु पर्ने दुई थरीको नाराबाजी सहति प्रदर्शन गरिरहेका छन् । क्याम्पसमा सयौँको संख्यामा जनपथ र सशस्त्र प्रहरी पनि परिचालन भएको छ ।

बिहान आठबजे देखि हुने भनिएको निर्बाचन स्थगित हुने अवस्थामा पुगेको छ । क्याम्पस प्रशासन र एमाले निकट अनेरास्ववियुले एकलौटी ढंगले निर्बाचन गराउन खोजेको भन्दै नेवि संघ र अखिल क्रान्तिकारीले आपत्ति जनाएपछि निर्बाचन अन्योलमा परेको हो ।

विहानैदेखि क्याम्पस हातामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति र प्रवेशद्वारमा समेत प्रहरीले घेरबन्दी गरेर विद्यार्थीलाई प्रवेश नदिएको प्रति विद्यार्थी संगठनहरुले विरोध गरेका छन् ।

स्ववियु निर्बाचनकै विषयलाई लिएर यसअघि आरआरमा दुई पटक झडप भएको थियो । गत फागुन १८ गते निर्धारण गरिएको निर्बाचन विवादका कारण स्थगित भएपछि आजलाई मिति तोकिएको थियो ।

यता स्थानीय तहको निर्बाचनलाई मध्यनजर गर्दै निर्बाचन आयोगले स्विवियु चुनाव नगर्न निर्देशन दिइसकेको छ । आयोगले पत्राचार गर्नुअघि नै मिति घोषणा भएकाले त्रिवि र विद्यार्थी संगठनकै सहमतिमा आज निर्वाचन हुने तय भएको बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ