काठमाडौ २३ फागुन ।
नेकपा एमालेको मेची–महाकाली अभियानको विरोध गर्दै मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात बन्दको आह्वान गरेको छ ।
बन्दका कारण जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् ।
अभियान अन्तरगत एमालेले आज अभियान राजविराजको औद्योगिक क्षेत्रमा गर्न लागेको आमसभालाई बिथोल्नका लागि यातायात बन्द आह्वान गरिएको मोर्चाले जनाएको छ ।
साथै मोर्चाले आज बिहान लाँठी जुलुस समेत प्रदर्शन गरेको छ । यसैबीच कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline