धादिङ, फागुन २२।
टुरिजम् र्याफ्टिङ राईडिङ म्युजिकल कन्सर्ट २०१७ भव्यताकोसाथ सम्पन्न भएको छ । म्युजिक फर टुरिजम् भन्ने नाराको साथ कन्सर्ट त्रिशुलीमा सम्पन्न भयो ।
नेपाल पर्यटन बोर्ड,र्याफ्टिङ एशोसिएसनको आयोजना र त्रिशुली बचाउ तथा प्राकृतिक सम्पदा संरक्षण समितीको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
त्रिशुली नदी र्याफ्टििङका लागि सुरक्षित छ भन्ने सन्देश फैलाउन आयोजना गरिएको सन्सर्टमा चर्चित कलाकारसहित १६८ जनाले एकसाथ र्याफ्टिङ गरेका थिए ।
त्रिशुलीलाई पर्यटकिय क्षेत्रकोरुपमा बिकाश गर्न सकिए यस क्षेत्रको प्राकृतिक स्रोत, साधन जोगिने त्रिशुली बचाउ अभियानका अभियान्ता उत्तम कँडेल बताउनुहुन्छ ।
त्रिशुली दोहन भएको र त्रिशुलीका गिट्टी, ढुङगा, बालुवा तस्किरी भईरहेकोतर्फ सम्बन्धित निकाय भने मौन रहेको अभियान्ता कँडेलको गुनासो छ ।
त्रिशुलीलाई पर्यटन क्षेत्रकोरुपमा बिकाश गर्न स्थानियको पहलमा त्यस क्षेत्रमा यस्ता बिभिन्न कार्यक्रमको आयोजना हुँदै आएको छ ।