मन्त्री पाण्डे नेतृतवको कार्यदलले आज सरकारलाई प्रतिवेदन बुझाउदै

मन्त्री पाण्डे नेतृतवको कार्यदलले आज सरकारलाई प्रतिवेदन बुझाउदै

  • आइतवार, फाल्गुन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २२ फागुन ।
स्थानीय तह पुनरसंरचनामा देखिएको विवाद समाधानका लागि गठित कार्यदलले आज सरकारलाई प्रतिवेदन बुझाउदै छ ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको कार्यदलले १९ वटा स्थानीय तह थप गरी तयार पारेको प्रतिवेदन साँभm ५ बजे बस्ने मन्त्री परिषद बैठकमा पेश हुने जनाएको छ ।

कार्यदलले प्रदेश नम्बर २ का आठ जिल्लामा १७ र मनाङ र बझाङमा १÷१ स्थानीय तहको संख्य वृद्धि गरी ७ सय ३८ पुर्याउने सहितको प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।

आजको मन्त्रीपरिषद बैठकले स्थानीय तहको संख्य पुनरावलोकनका गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्दै आजै निर्णय गर्ने सम्भावना समेत रहेको मन्त्रीहरुले बताएका छन् ।

यसअघि सिमाना निर्धारण आयोगले गत पौष २२ मा मुलुकभर गाउँपालिका र नगरपालिकाको संख्य ७ सय १९ निर्धारण गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

कार्यदलको प्रतिवेदन अनुसार सप्तरीमा ४ थप गरी १६ वटा स्थानीय तह बनाइनेछ भने सिरहामा ३ वटा थपेर स्थानीय तहको संख्य १५ पुर्याइनेछ ।

यसैगरी धनुषामा ४ थप गरी १७, महोत्तरीमा १ थप गरी १५, सर्लाहीमा एक थप गरी १७, बारामा २ थप गरी १५ र पर्सामा २ वटा थप गरी १३ स्थानीय तह बनाउने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ