काठमाडौं, फागुन २२।
नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आज मोरङ र सुनसरीमा सभा हुँदैछ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव’ नारासहित १५ दिने अभियान हिजोबाट झापाको काँकडभिट्टाबाट सुरु भएको हो ।
आज बिहान १० बजेपछि झापाको दमकदेखि अघि बढ्ने अभियान अन्तर्गत मोरङको विराटचोक र सुनसरीको इटहरीमा सभा हुन लागेको हो ।
विराटचोकका सभालाई नेताहरु बामदेव गौतम र भीम रावलले सम्बोधन गर्नुहुनेछ भने इटहरीमा नेता माधवकुमार नेपालले सम्बोधन गर्नु हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
चैत ५ गते कञ्चनपुरको महेन्द्रनगरबाट सुर्खेतमा पुगेर टुंगिने अभियान अन्तर्गत पूर्व–पश्चिम राजमार्गका ३३ ठाउँमा आमसभा, ¥याली र साँस्कृतिक कार्यक्रम गर्ने एमालेले जनाएको छ ।
अभियानमा १० हजार स्वयंसेवक परिचालन भएकोे एमाले प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।