प्रिमियर लिगमा लेस्टर सीटि विजयी

प्रिमियर लिगमा लेस्टर सीटि विजयी

  • आइतवार, फाल्गुन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी,फागुन २२ । 

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सीटिले लगातार जित दर्ता गरेको छ । साबिक विजेता लेस्टरले हल सिटीलाई ३–१ ले हराएको हो ।

क्रिष्टियन फुच्स र रियाद महरेजले एक एक गोल गरे । हल सिटीका टम हड्डल्सटनले आत्मघाती गोल गरे । खेलमा अग्रता भने हल सिटीले लिएको थियो ।

१४ औं मिनेटमा साम क्लुकसले गोल गर्दै हल सिटीलाई अग्रता दिलाए । २७ औं मिनेटमा फुच्सले लेस्टरका लागि बराबरी गोल गरे । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५९ औं मिनेटमा महरेजले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका हुन् ।

९० औं मिनेटमा हड्डल्सटनले आत्मघाती गोल गरेपछि लेस्टर ३–१ ले विजयी भयो । जितपछि लेस्टर २७ खेलबाट २७ अंकसहित १५ औं स्थानमा छ । २१ अंकसहित हल सिटी पुछारबाट दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी