आर्मीलाई पाखा लगाउँदै सङ्कटाले चुम्यो तिलोत्तमा गोल्डकपको उपाधि

आर्मीलाई पाखा लगाउँदै सङ्कटाले चुम्यो तिलोत्तमा गोल्डकपको उपाधि

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

बुटवल, २१ फागुन । रुपन्देही जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको यसपटकको उपाधि सङ्कटा क्लबले हात पारेको छ ।

आज भएको निकै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा सङ्कटाले विभागीय त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेर उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै सङ्कटाले तिलोत्तमा गोल्डकपसहित नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार हात पारेको छ । सङ्कटाले पहिलोपटक तिलोत्तमा गोल्डकप जितेको हो ।

आज देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा विभागीय टिम आर्मी भने उपविजेतामै चित्त बुझाउनुपरेको छ । उपविजेताले नगद रु तीन लाख ५५ हजार ५५५ मा चित्त बुझाएको छ । विजेता टिमलाई आजै एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले हस्तान्तरण गर्नुभयो ।

रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा फागुन १२ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका दुई टोलीसहित १० टोलीको सहभागिता थियो । मोसफलकै प्रतिष्ठित गोल्डकपमध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भए पनि पटक–पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत वर्षबाट प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।

खेलमा उत्कृष्ट गोलकिपर सङ्कटाका विनय श्रेष्ठ, हाइ स्कोरर त्रिभुवन आर्मीका दीप लामा, वेष्ट मिड फिल्डर सङ्कटाका निराजन खड्का र वेष्ट डिफेन्स त्रिभुवन आर्मीका टिम क्याप्टेन हिरण्य मगर बन्नुभयो ।

उहाँहरु सबैले रु १५÷१५ हजार नगद पुरस्कार पाउनुभयो । वेष्ट कोच सङ्कटाका सल्यान खड्गी बन्नुभयो । उहाँले पनि रु २० हजार नगद पुरस्कार पाउनुभयो । वेष्ट प्लेयर अफ दि टुर्नामेन्ट भने आयोजक रुपन्देही ११ का टिम क्याप्टेन दिलीप क्षेत्री बन्नुभयो । सङ्कटाको जितमा निर्णायक बनेका निराजन खड्काले नगद रु १५ हजारसहित स्कुटर उपहार प्राप्त गर्नुभयो ।

त्रिभुवन आर्मीले विसं २०५४ मा १२ औँ र २०६५ मा १६ औँ तिलोत्तमा गोल्डकपको उपाधि चुमेको थियो । यो वर्षसहित तीनपटक उपविजेतामा चित्त बुझाउनुपरेको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन हुने प्रतियोगिता अखिल नेपाल फुटबल सङ्घ (एन्फा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी