राजनीतिक दलले निर्वाचनलाई उपयोग गर्नुपर्छ : गच्छदार

राजनीतिक दलले निर्वाचनलाई उपयोग गर्नुपर्छ : गच्छदार

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बिराटनगर २१ फागुन ।।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनलाई उपयोग गर्न आग्रह गर्नु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग अध्यक्ष गच्छदारले सबैले संयूक्त मधेसी मोर्चालाई निर्वाचनमा सहभागि गराउन वातावारण बनाउनु पर्ने बताउनुभयो ।

अध्यक्ष गच्छदारले असन्तुष्ट र प्रतिपक्ष दलबीचको मुठभेडको स्थितिलाई सरकारले तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले वर्तमान स्थिति साम्य पार्न ढिलाई गरे मधेसमा पून ःद्वन्दको अवस्था सृजना हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संबिधान संशोधन हुन नदिने र निर्बाचन बिथोल्ने दुबै अतिवादी विषय भएको अध्यक्ष गच्छदारको तर्क थियो ।

संविधान संशोधनको प्रयास भइरहेको र त्यसका लागि आफुले पहल गरिरहेको उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी