एमालेले जनताको कुरा मात्रै मान्छ : ओली

एमालेले जनताको कुरा मात्रै मान्छ : ओली

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २१ फागुन ।
नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय जागरण अभियान आजदेखि झापाबाट सुरु भएको छ । संविधान कार्यन्वयनका लागि दवाव दिन तथा राष्ट्रिय एकता कायम गर्ने उदेश्य सहित अभियान सुरु गरेको एमालेले जनाएको छ ।
झापाको काँकटभिट्टामा आयोजित विषेश कार्यक्रमकाबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्दै राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताउनुभयो ।

अध्यक्ष ओलीले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताको पक्षमा जागरण ल्याउने अगुवाइ एमालेले गरेको जनाउनुभयो ।

एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको भन्दै उहाँले निर्वाचन नगर्ने र जनतामा अधिकार नदिने कुरा स्वीकार्य नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव जनताको आवश्यकता र राष्ट्रियताको हित प्रतिकूल रहेकाले पारित हुन नदिने भन्दै आफ्नो अभियानमा कसैले अवरोध सिर्जना गरे वा हिंसा भड्काउन खोजे एमालेले त्यसलाई पराजित गर्ने जनाउनुभयो ।

पार्टीका महासचिव ईश्वर पोखरेलले सार्वभौमसत्ता र राष्ट्रियताका पक्षमा अभियान थलिएको भन्दै यो कुनै जाति र दलको विरोधमा नभएको उल्लेख गर्नुभयो ।

अभियान अन्तरगत आजै विर्तामोडमा पनि कार्यक्रम भएको छ । सो कार्यक्रमलाई वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्नु भयो ।

दमकमा पनि कार्यक्रम गर्ने तयारी भएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

अभियान अन्तरगत भोली मोरङको विराटचोकमा सभा गर्ने जनाइएको छ । १५ दिने अभियानका क्रममा मुख्य गरी तराईका २२ जिल्लालाई समेट्ने तयारी छ ।

आगामी चैत ५ गते सुर्खेतमा सभा गर्दै अभियानको समापन गर्ने सचिव भट्टराईले बताउनुभयो । सम्पूर्ण सभालाई पार्टीका एक जना शीर्ष नेताले मात्र सम्बोधन गर्नुहुनेछ ।

मुख्य शहर सहित विभिन्न ३५ स्थानमा आमसभा गर्ने एमालेले जनाइएको छ । मधेस विरोधीका रुपमा आफुलाई गलत प्रचार गरिएको भन्दै एमालेले मेची–महाकाली अभियान कार्यक्रम तय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ