काठमाडौ २१ फागुन ।
नेकपा एमालेले तराई मधेसबाट प्रतिनिधित्व गर्ने २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मेची महाकाली अभियानको पूर्वसन्ध्यामा गएराति बसेको पार्टी स्थायी कमिटी बैठकले उक्र निर्णय गरेको हो ।
झापाको बिर्तामोडमा गएराति बसेको एमाले स्थायी कमिटी बैठकले तराईका मधेशका जिल्लाबाट प्रतिनिधित्व गर्ने१२ जनालाई पूर्ण र ९ जना नेतालाई बैकल्पिक सदस्यमा मनोनयन गरेको हो ।
नवौ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित रघुविर महासेठ पूर्ण सदस्यमा मनोनित हुनु भएको छ । २१ जना केन्द्रीय सदस्य थपिएसँगै एमालेको केन्द्रीय समिति २ सय ५ सदस्यीय भएको छ ।
थपिएका सदस्यमा धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामचन्द्र साह तेली, रामदयाल मण्डल, रत्नेश्वर गोईत, रविन्द्र बैठा, लालबाबु यादव, यदुवंश झा र हरिनारायण महतो रहेका छन् ।
यस्तै ९ जना बैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, जुली महतो, शान्ता चौधरी, मञ्जु चौधरी, हरि राजबंशी, सुधिर साह, सरोज यादव, सरला यादव र महमद हारुनलाई बैकल्पिक सदस्यमा मनोनित गरेको एमालेले जनाएको छ ।
नवौं महाधिवेशनपछि काठमाडौं उपत्यका बाहिर पहिलो पटक बसेको स्थायी समिती बैठकले हनुमान चौधरीलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य र मनमाया चौधरीलाई प्रदेश नम्बर सातको कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।