काठमाडौ २१ फागुन ।
नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय जागरण अभियान आजदेखि झापाबाट सुरु हुदैछ । संविधान कार्यन्वयनका लागि दवाव दिन तथा राष्ट्रिय एकता कायम गर्ने सहित अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ ।
बिहान ११ बजेपछि झापाको काँकटभिट्टामा विषेश समारोहकाबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नुहुनेछ । अभियान अन्तरगत आजै विर्तामोड र दमकमा पनि कार्यक्रम गर्ने तयारी भएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी हुन पार्टीका शिर्ष नेताहरु झापा पुगिसकेका छन् । दिउँसो एक बजे विर्तामोडमा हुने कार्यक्रमलाई वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्नु हुनेछ भने अपरान्न ३ बजे दमकमा हुने सभालाई पूर्व सभामुख सुवास नेमवाङ सम्बोधन कार्यक्रम छ ।
अभियान अन्तरगत भोली मोरङको विराटचोकमा सभा गर्ने जनाइएको छ । १५ दिने अभियानका क्रममा मुख्य गरी तराईका २२ जिल्लालाई समेट्ने तयारी छ । मुख्य शहर सहित विभिनन ३५ स्थानमा आमसभा गर्ने एमालेले जनाइएको छ ।