सिफारिस राजदुत मध्ये १२ जनाको सुनुवाई प्रक्रिया अघि बढ्यो

सिफारिस राजदुत मध्ये १२ जनाको सुनुवाई प्रक्रिया अघि बढ्यो

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ २१ फागुन ।
सरकारले विभिन्न मुलुकका लागि सिरफारिस गरेका १२ राजदूतको सुनुवाई प्रक्रिया आजदेखि सुरु हुदैछ । सुनुवाई प्रक्रिया अघि बढाउन मन्त्रीपरिषदले पत्राचार गरेसँगै संसदीय सुनुवाई विशेष समितिले प्रक्रिया अघि बढाउन लागेको हो ।

समितिले आजदेखि प्रस्तावित राजदुतविरुद्ध सार्वजनिक उजुरी आह्वान गर्ने तयारी गरेको छ । सिफारिस १२ राजदुतविरुद्ध उजुरी दिन इच्छुकले १० दिन भित्र समितिको कार्यालयमा उजुरी दिन सकिने समिति सचिव धु्रवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सूचना दिने व्यक्तिले आफ्नो परिचय स्पष्ट खुलाउनुपर्ने तर उसले नाम खुलाउन नचाहे गोप्य राखिने पनि समितिले जनाएको छ ।

गत फागुन ९ गते बसेको मन्त्रीपरिषद बैठकले विभिन्न १४ मुलुकमा राजदुत सिफारिस गरेको भएपनि विवादित छबीका भन्दै युएईका लागि सिफारिस आशा लामा र स्पेनका लागि प्रस्तावित भरत राइमाझीको नाम फिर्ता भएपछि बाँकी १२ जनाको प्रक्रिया अघि बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी