चुरे वन संरक्षणको जिम्मा सेनालाई दिइने मन्त्री भण्डारीको भनाई

चुरे वन संरक्षणको जिम्मा सेनालाई दिइने मन्त्री भण्डारीको भनाई

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

भीमदत्तनगर, २० फागुन । वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले मुलुकको चुरे क्षेत्रको वन सुरक्षाका लागि नेपाली सेनालाई खटाउने विषयमा वन मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको बताउनुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित ‘संरक्षणको आधारः युवाको आवाज’ विषयको कार्यक्रममा उहाँले चुरे क्षेत्रको वन सुरक्षाको जिम्मेवारी सेनालाई दिन उपयुक्त हुने भएकाले त्यसका लागि आफू प्रयासरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि पनि सबै मिलेर अघि बढ्नुपर्छ ।” हात्ती पीडितलाई राहत दिने विषयमा संसद्बाट ऐन पारित हुने प्रक्रियामा रहेको राज्यमन्त्री भाटको भनाइ थियो ।

कार्यक्रममा वन संरक्षण तथा वन्यजन्तु चोरी सिकार नियन्त्रणमा योगदान पु¥याउने विभिन्न मध्यवर्ती उपभोक्ता समूह, सुरक्षा निकाय तथा व्यक्तिलाई सम्मान समेत गरियो । सरकारले केही महिनाअघि शुक्लाफाँटा वन्यजन्तु आरक्षको स्तरोन्नति गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ