टीकापुर, फागुन २० ।
कैलालीको टीकापुरमा फागुन २५ गतेदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
टीकापुर बसपार्क युवा क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता टीकापुर क्षेत्रका लागि अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको भएको आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख १ सय १ रुपैयाँसहित पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष बिरेन्द्र कुँवरले मिर्मिरे अनलाईनलाई जानकारी गराए ।
यस्तै प्रतियोगितामा दोस्रो हुने टीमले ५० हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो हुने टीमले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरि खेलमा उत्कृष्ट खेलाडिलाई समेत नगद पुरस्कार दिईने छ ।
संयोजक नरेन्द्र कठायतका अनुसार प्रतियोगितामा ७ टीम भन्दा कम भएमा राउन्ड रोबिन सिस्टममा खेलाईने छ । भने १६ भन्दा बढि टीम भएमा नकआउट खेल खेलाईने छ । सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हेर्न धेरै खेलप्रेमि उत्सािहत देखिएका भलिबल खेलाडि तपेन्द्र साउदको भनाई छ ।
हाल प्रतियोगिताको तयारी तिब्ररुपमा भईरहेको छ । प्रतियोगिता २८ गतेसम्म चल्ने छ ।