सिन्धुली फागुन २० । कमलामाई नगरपालिका–१४ काउछेका १७ वर्षीय युवक रुद्र बहादुर आले मगरले ९ वर्षीय बालिकालाई बलत्कार गरेको आरोपमा फागुन १८ गते प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालीका १४ सोही स्थानको मावली घरमा बस्दै आएकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भिमानले पक्राउ गरेको हो ।
दिउँसो १२ बजेतिर घर नजिकैको सानो अमाहाको खोल्साको आँपको बगैंचामा लगि बालिकालाई ती युवाले बलत्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाकी बहिनीले दिदीको योनीमा रगत आएको देखेपछि आमालाई जानकारी दिएको र पीडितकी आमाले पीडित बालिकालाई सोधपुछ गर्दा बालात्कृत भएको थाहा पाएपछि पीडित परिवाले तत्काल प्रहरीलाई जनकारी गराएको थियो । जानकारी पाए लगत्तै पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिए ।
उनका अनुसार बालिकाको जिल्ला अस्पताल सिन्धुलीमा स्वास्थ्य परिक्षण गरिएको छ । अभियुक्तलाई अदालतबाट म्याद थप गरि थप अनुन्धान र कारवाही थालिएको प्रहरीले जनाएको छ ।