मोर्चालाई आफ्नो अभियान अवरोध नगर्न एमालेको आग्रह

मोर्चालाई आफ्नो अभियान अवरोध नगर्न एमालेको आग्रह

  • बिहिबार, फाल्गुन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

सप्तरी, फागुन १९  ।

नेकपा एमालेले मधेसी मोर्चालाई आफ्नो मेचि महाकाली अभियानका क्रममा कुनै अवरोध नर्पुयाउन आग्रह गरेको छ । मोर्चाले अवरोध गरे पनि अभियान नरोकिने उहाँले बताउनुभयो ।

दुई साता लामो मेची महाकाली अभियानको पूर्वसन्ध्यामा सप्तरी पुग्नुभएका एमाले सचिव योगेश भट्टराईले मोर्चाको बन्द र चक्काजाम खेदजनक रहेको बताउनुभयो । उहाँले कुनै पनि अवरोधले एमालेको मधेस अभियान नरोकिने प्रष्ट पार्नुभयो ।

मधेसी मोर्चाले एमालेलाई मधेस प्रवेशमा रोक लगाउने घोषणा गरे लगत्तै बिहीवार एमाले सचिव भीम आचार्य, योगेश भट्टराई र २ नम्बर प्रदेश संयोजक सप्तरी पुग्नुभयो  । मोर्चाले एमालेको कार्यक्रमलाई लक्षित गरेर चक्काजाम घोषणा गरेको छ ।

एमाले सचिव भट्टराईले मोर्चाले बन्दका कार्यक्रम स्थगित नगरे पनि एमालेको अभियान अघि बढ्ने र कुनै पनि अवरोधको जनताले नै प्रतिवाद गर्ने बताउनुभयो ।  कार्यक्रममा मुस्लिम समुदायका अगुवासहित मधेसवादी दलका केही कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ