काठमान्डौ फागुन १९ ।
नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको आठौं महाधिवेशनले पास गरेको नीति तथा निर्णयहरु आज सार्वजनिक गर्दै छ ।
कम्य्निस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज दिउसो राजधानीको राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनबाट आफ्नो पार्टीले लिएका निर्णयहरु र भावी कार्ययोजनाहरु सार्वजनिक गर्न लाग्नु भएको हो ।
पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्य्दिशालाई महाधिवेशनबाट अझ समृद्ध पार्दै जनतामा लैजाने बारेमा भएको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिष्य महत्वका विषयमा भएका निर्णयहरु आज सार्वजनिक गर्न लागिएको पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रंकाण्डले जानकारी दिनु भयो ।
कम्युनिष्ट पार्टीको आठौं महाधिवेशन गत फागुन १ गते जनयुद्ध दिवसको अवसरमाा काठमाडौंको ख्ुल्लामञ्चमा उदघाटन भएको थियो भने गत फागुन ५ देखि १० गतेसम्म रोल्पाको थबाङमा बन्दसत्र भएको थियो ।
फागुन १४ गते सहिद सप्ताहको सुरुको दिन रोल्पाको लिवाङ्मा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो महाधिवेशनको धारणा र सहिद परिवार सम्मान कार्यक्रम गरेको थियो ।