रुपन्देही, फागुन १९।
बुटवलमा जारी १९ तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगितामा आज हुने दोस्रो सेमिफाइनलमा आयोजक रुपन्देही ११ ले त्रिभुवन आर्मीको सामना गर्दै छ ।
बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने यी दुइ टोली विचको खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । यस अघि हिजो भएको खेलमा काठमान्डौको सीएमजी संकटा क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
संकटाले हिमालयन शेर्पा क्लबलाई २ १ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदार बनेको हो । अव संकटाले आजको विजेता टोली सँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।
३ बिभागीय टोली सहित १० टिमले सहभागीता जनाएको प्रतियोगिता आगामी फागुन २१ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ भने उपबिजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline