आजका लागि बोलाइएको संसद बैठक विशेष कारण बस स्थगित

आजका लागि बोलाइएको संसद बैठक विशेष कारण बस स्थगित

  • बिहिबार, फाल्गुन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, फागुन १९।
आजका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक सूचना टाँसेर स्थगित गरिएको छ । विशेष कारणले आजको संसद बैठक स्थगित गर्नु परेको संसद् सचिवालयले जनाएको छ ।

संसदको अर्को बैठक आगामी फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । संसदमा छलफलका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि पर धकेलिएको हो ।

असन्तुष्ट पक्ष मधेसी मोर्चाको मागको संबोधनका लागि भन्दै सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र मधेसी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का पछिल्ला अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् ।

सभामुख ओनसरी घर्ती उहाँका पति पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य उपचारका क्रममा थाइल्यान्डमा हुनुहुन्छ । दलहरुबीच संविधान सशोधनको विषयमा सहमति भई संसद्लाई बिजनेस प्राप्त भएको खण्डमा उहाँ तुरुन्त स्वदेश फर्कन सक्नुहुने उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ