प्रधानमन्त्रीले आज पनि दोस्रो चरणमा कांग्रेस र मोर्चासँग छलफल गर्दै

प्रधानमन्त्रीले आज पनि दोस्रो चरणमा कांग्रेस र मोर्चासँग छलफल गर्दै

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ १८ फागुन ।
मुलुकको पछिल्लो गतिरोध अन्त्यको पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले आज पनि प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेस सहित मधेशी मोर्चासँग छलफल गर्दै हुनुहुन्छ ।

यद्यपी बैठकको समय भने तोकिएको छैन । बैठकमा स्थानीय निकाय निर्वाचन तथा संसदमा प्रक्रिया अघि बढेको संविधान संशोधन प्रक्रियाका विषयमा आज पनि छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
पहिलो चरणमा त्रिपक्षीय छलफल भए पछि त्यसैको आधारमा राप्रपा सहितको सत्ता साझेदार दलसँग दोस्रो चरणमा बैठक बस्न लागेको हो ।

सरकारले संविधान संशोधन विधेयक थाती राखेर स्थानीय तहको निर्वाचनमा जान गरेको आग्रह मधेसी मोर्चाले अस्वीकार गरेको छ । आजको बैठकमा पनि मधेसी मोर्चाले आफ्नो अडान कायमै राख्ने जनाएको छ ।

संविधान संशोधन नभए सम्म कुनै पनि निर्वाचन हुन नदिने र कुनै पनि निर्वाचनमा सहभागी नहुने मोर्चाले जनाएको छ । मोर्चाले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता समेत नगर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ