स्ववियू निर्वाचन आज, ४० प्रतिशत क्याम्पसमा मात्र निर्वाचन हुदै

स्ववियू निर्वाचन आज, ४० प्रतिशत क्याम्पसमा मात्र निर्वाचन हुदै

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमान्डौ फागुन १८ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका करिब २ सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ ।

६० वटा आंगिक मध्ये विवाद नभएका २४ वटा आंगिक सहित झण्डै २ सय क्याम्पसमा चुनाव हुने केन्द्रिय निर्वाचन समितिका सदस्य नरेन्द्र सिवाकोटीले जानकारी दिनुभयो । केहिबेर पछि बाट उपत्यकाका ९ र बहिरका १५ गरी २४ क्याम्पसमा स्ववियू निर्वाचन सुरु हुने बताइएको छ ।

विद्यार्थी संगठनको आपसि किचलो र विवादका कारण आठ वर्षपछि हुन लागेको स्ववियु चुनाव धेरैजसो क्याम्पसमा हुन नसकेको हो । काठमाडौं सहित देशैभरिका ठूला क्याम्पसमा विभिन्न मागसहित विद्यार्थी संगठनले कतै तालाबन्दि त कतै आगजनी गरेका छन् ।

आज काठमाडौं उपत्यकाका सानोठिमी क्याम्पस र भक्तपुर वहुमुखी क्याम्पस, पूल्चोक इन्जिनियरिङ र थापाथलि इन्जिनिययिरङ, जनप्रशासन क्याम्पस, आइओएम र नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषी क्याम्पसमा चुनाव हुने शिवाकोटीले जानकारी दिनुभयो । शंकरदेव क्याम्पसले भने आगमी २४ गते गर्नेगरि स्ववियु निर्वाचनको मिति तोकेको छ ।

मूख्य गरी ठूला मानिएका राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वती लगायत क्याम्पसमा तालाबन्दी गरिएको छ ।

त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धनका एक हजार ८४ क्याम्पस छन् । विद्यार्थी संगठनकै मागमा फागुन १४ मा गर्ने भनिएको स्ववियु चुनावको मिति चार दिनपछि सारेपनि विद्यार्थी संगठनहरु नै निर्वाचनका लागि बाधक बनेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ