प्रधानमन्त्री र चिनीया राजदुत  विच भेटवार्ता

प्रधानमन्त्री र चिनीया राजदुत  विच भेटवार्ता

  • मङ्लबार, फाल्गुन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमान्डौ फागुन १७।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहान नेपालका लागि चिनियाँ राजदूत यू होङ सँग भेटवार्ता गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चिनीया राजदुत होङ सँग भएको भेटमा स्थानीय तहको निर्वाचन र नेपालको पूर्वाधार विकासबारे छलफल भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले सरकार स्थानीय चुनाव गरेर संविधान कार्यान्वयन गर्ने प्रक्रियामा रहेको भन्दै चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गर्नु भयो । साथै उहाँले नेपालको पूर्वाधार विकासका साथै यस अघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताउनु भयो ।

जवाफमा राजदूत होङले संविधान कार्यान्वयन सकारात्मक दिशामा अघि बढेको भन्दै त्यसमा चीनको सद्भाव रहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ