काठमान्डौ फागुन १७।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज नेपालका लागि भारतीय राजदुत रञ्जित रे ले पनि भेटवार्ता गर्नु भएको छ । आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन लाग्नु भएका रे ले बालुवाटारमा प्रधानमन्त्रीसँग औपचारिक बिदाइ भेट गर्नु भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले राजदूत रेको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा धन्यवाद दिँदै नेपाल र भारत बीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री दाहालले राजदूत रेको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाहरुको तिव्रता, दुई देशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता, दुई देशबीच उच्चस्तरीय भ्रमण भएको बताउँदै आगामी दिन यसले थप तिब्रता पाउने विश्वास व्यक्त गर्नु भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।
भेटमा राजदूत रेले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गर्दै त्यसका लागि नेपाललाई धन्यवाद दिनु भयो ।