मन्त्रीपरिषद वैठक आज वस्दै

मन्त्रीपरिषद वैठक आज वस्दै

  • मङ्लबार, फाल्गुन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमान्डौ फागुन १७।
मन्त्रीपरिषद वैठक आज वस्दैछ । वैठक प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवारमा दिउसो २ वजेका लागि बोलाइएकोे छ ।

प्रत्येक बिहिबार वस्ने नियमित वैठक अघिल्लो बिहिबार बस्न नसकेपछि आजका लागि सारिएको हो । वैठकमा सरकारका नियमित कामकारवाहीको समिक्षाका साथै स्थानीय तह पुर्नसंरचाना आयोगको प्रतिवदेनबारे छलफल हुने बताइएको छ ।

स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनलाई अन्तिम रुप दिएर कार्यन्वयनका लागि निर्वाचन आयोगलाई दिने विषयमा आजको वैठकमा छलफल हुने कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले जानकारी दिनुभयो ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको ३ सदस्यीय अध्ययन टोलिले २ नम्वर प्रदेश अन्तरर्गतका जिल्लामा देखिएको विवादलाई सम्वोधन गरेर स्थानीय तह पुर्नसंरचना गर्नुपर्ने प्रतिवेदन दिएको थियो ।

मधेशी मोर्चालाई समेत सहमतिमा लिएर निर्वाचन गर्न प्रतिवेदन परिमार्जन गर्ने सरकारले बताएपनि कार्यन्वयन हुन सकेको छैन । जसका कारण निर्वाचन आयोगलाई काम गर्न समस्या भएको छ ।

स्थानीय तहको पुर्नसंरचना प्रतिवेदनलाई आजको मन्त्रीपरिषद वैठकले टुङ्गाएर निर्वाचन आयोगलाई दिने विषयमा आजको वैठकमा छफफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ