काठमाडौ १७ फागुन ।
मुलुकको पछिल्लो गतिरोध अन्त्यको पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेससहित मधेशी मोर्चासँग छलफल गर्दै हुनुहुन्छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान १० बजेपछि बस्ने बैठकमा स्थानीय निकाय निर्वाचन तथा संसदमा प्रक्रिया अघि बढेको संविधान संशोधन प्रक्रियाका विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सहमति जुटेका विषयहरुमा तत्काल संशोधन गरेर निर्वाचनमा जाने र विवादित विषयमा विषयमा निर्वाचनपछि संशोधन गर्ने प्रस्ताव अघि सार्नुभएका प्रधानमन्त्री दाहालले थप छलफलका लागि मोर्चासहितको त्रिपक्षीय बैठक बोलाउनु भएको हो ।
प्रधानमन्त्री दाहालले हिजो मोर्चाका शिर्ष नेतासँग सहमति जुटेका विषयमा संशोधन गर्दै वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
मोर्चाले भने संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएपछि मात्र निर्वाचनमा जान सकिने अडान दोहोर.याएका थिए ।