भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्छ : परराष्ट्रमन्त्री

भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्छ : परराष्ट्रमन्त्री

  • मङ्लबार, फाल्गुन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौ १७ फागुन ।
संयुक्त राष्ट्रसघिय मानव अधिकार परिषद्को ३४ औं उच्चस्तरीय सम्मेलनमा सहभागी हुन जेनेभामा रहनु परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रसंघीय उच्च आयुक्त फिलिपो ग्रान्डीसँग भेट गर्नुभएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको भेटका क्रममा मन्त्री महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहोर्याउनु भयो ।

स्वदेश फिर्ती हुन चहाने भुटानी शरणार्थीहरु आफ्नो देशमा नफर्कदासम्म तथा कुनै तेस्रो मुलुकमा पुनरस्थापना भइनसक्दासम्म राष्ट्रसङ्घीय निकायलाई मानवीय सहायता उपलब्ध गराउने दायित्वबाट पछि नहट्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

नेपालमा अहिले बाँकी रहेका दश हजारभन्दा बढीको सङ्ख्यामा रहेका ति शरणार्थीलाई नेपालमै पुनरस्थापना गर्न निकायले नेपाललाई आग्रह गर्दै आएको थियो भने नेपालले ति शरणार्थीलाई स्वदेशमै फर्किनका लागि सहयोग गर्नुपर्ने अडान लिँदै आएको छ ।

सो क्रममा आयुक्त ग्रान्डीले शरणार्थीलाई गर्दै आएको सहयोगको जिम्मेवारीबाट आयोग पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेपालमा रहेका अधिकांश भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनरस्थापित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ