तिलोत्तमा गोल्डकप आज विभागीय टोली नेपाल आर्मी र पुलिस विच प्रतिस्पर्धा हुने

तिलोत्तमा गोल्डकप आज विभागीय टोली नेपाल आर्मी र पुलिस विच प्रतिस्पर्धा हुने

  • मङ्लबार, फाल्गुन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

रुपन्देही, फागुन १७।
बुटवलमा जारी १९ तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता आज विभागीय टोली नेपाल आर्मी क्लबले नेपाल पुलिस फुटबल क्लबको सामना गर्दै छ ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने यी दुइ टोली विचको खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । यस अघि हिजो भएको खेलमा सीएमजी संकटा क्लब प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

संकटाले सशस्त्र प्रहरीलाई २ –१ हराउदै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो । संकटाको लागि विदेशी खेलाडी मार्टिन र कौनले एक एक गोल गरे ।

यस्तै सशस्त्रका लागि एक सान्त्वना गोल रवि थिङ गरेका हुन् । ३ बिभागीय सहित १० टिमले सहभागीता जनाएको प्रतियोगिता आगामी फागुन २१ गते सम्म सञ्चालन हुने छ ।

प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ भने उपबिजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउने छन् । त्यस्तै, उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी