मनाङ बाहिरीयो शेख जमल अन्तराष्ट्रिय कपबाट

मनाङ बाहिरीयो शेख जमल अन्तराष्ट्रिय कपबाट

  • मङ्लबार, फाल्गुन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

फागुण १७  मनाङ मर्स्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।

मोहम्मद अजिज रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनलमा मनाङ माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबसँग १–० ले पराजित भएको हो ।

मनाङले आक्रामक प्रदर्शन गरे पनि गोल गर्ने प्रयासलाई माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले विफल पारेका थिए ।

खेलको ८३औं मिनेटमा मनाङका गोलरक्षक दिनेश थापामगरको गल्तीको फाइदा उठाउँदै माल्दिभ्सले गोल गरेको हो ।

मनाङ समूह ‘बी’को उपविजेता बन्दै तथा टीसी स्पोर्ट्स समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

यो हारले भने राष्ट्रिय टिमका ८ तथा विदेशी खेलाडीहरु लिएर खेलेको मनाङसँगै नेपालको फुटबल स्तर पनि मापन भएको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मंगलबार दक्षिण कोरियाको एफसी पोचियान र बंगलादेशको चितगोङ अव्हानी लिमिटेड भिड्नेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी