एक पटक हेर्नै पर्ने गायक युबराज चौलागाईको “मनको दाग”

एक पटक हेर्नै पर्ने गायक युबराज चौलागाईको “मनको दाग”

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली सुगम संगीत क्षेत्रका चर्चित सर्जक तथा गायक युबराज चौलागाईको अर्को उत्कृष्ट आधुनिक गीत “मनको दाग”बजारमा आएको छ ।  बिन्धबासीनी म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको गीतमा चर्चित गायक युबराज चौलागाई र अनुस्का पाठकको सुमधुर आवाज रहेको छ भने शब्द अनुस्का पाठकको रहेको छ ।  युबराज चौलागाईको संगीतमा बजारमा आएको गीतको म्युजिक भिडियोमा अभिनय पनि युबराज चौलागाई र अनुस्का पाठकले नै गरेका छन ।  मनको दाग नाम गरेको एल्बम भित्रको शिर्ष गीतको म्यूजिक भिडियोको निर्देशन भने भुषण दाहालले गरेका हुन् । धिरज जङ्ग शाहाको छायांकन मा तयार गीतको म्यूजिक भिडियोको सम्पादन भने भरत रेग्मीले गरेका हुन् ।  गीत निकै उत्कृष्ट र सबैको मन जित्न सक्ने बनेको छ ।  म्यूजिक भिडियो पनि सोहि अनुसार निर्माण गरिएको छ ।  एकै मुटु बनेर अलग हुनुको पीडालाई बास्तबिक सृजनामा प्रस्तुत गर्न सफल सर्जक अनुस्का पाठकको यस सृजनालाई उत्कृष्ट संगित भनेर  भने युबराज चौलागाईले थप सुगन्ध थपेका छन ।  हेरौ गीतले कस्तो बजार पाउने छ त्यो हेर्नै बाकि छ तर गीत निकै राम्रो बनेको छ ।  यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त  गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी