निर्वाचन स्वतन्त्र ढङगले हुने पर्नेमा सरोकारवालाहरुको जोड

निर्वाचन स्वतन्त्र ढङगले हुने पर्नेमा सरोकारवालाहरुको जोड

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, फागुन १६ ।
स्थानीय तहको निर्वाचन स्वतन्त्र तथा शान्तिपूर्ण ढङगबाट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राज्य पुनर्संरचना र स्थानीय तहको निर्वाचन विषयक आज राजधानीमा भएको एक कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

निर्वाचनलाई चुनौतिको भन्दा पनि अवसरका रुपमा लिएर धाँधलीरहीत बनाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाज र बुद्धिजिवीको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले निर्वाचनका माध्यमबाट लोकतन्त्रको अभ्यासको बाटो खुल्ने बताएका हुन् ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ र निलकण्ठ उप्रेतीलगायतले निर्वाचनको विकल्प नभएकाले स्थानीय निर्वाचनको सैद्धान्तिक पक्षका बारेमा ध्यानाकर्षण गराउनु भएको थियो ।

निर्वाचनको माध्यमबाट लोकतन्त्र र गणतन्त्र संस्थागत हुने भएकाले सबैलाई निर्वाचनमा जुट्न उहाँहरुको आग्रह थियो । यस्तै कार्यक्रममा अन्य नेताहरुले स्थानीय तहको निर्वाचनका लागि आवश्यक कानुन बनिसकेकाले निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ