वर्तमान सरकारलाई असफल बनाउने षड्यन्त्रमा एमाले लागेको छ : मन्त्री बुढाथोकी

वर्तमान सरकारलाई असफल बनाउने षड्यन्त्रमा एमाले लागेको छ : मन्त्री बुढाथोकी

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

पाँचथर, फागुन १६ ।
सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले एमालेले बाहिरबाट निर्वाचनको रटान लगाएर भित्रबाट सरकारलाई असफल बनाउने पड्यन्त्रमा लागेको आरोप लगाउनु भएको छ ।

पाँचथरको फिदिममा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बुढाथोकीले यस्तो बताउनु भएको हो । उहाँले एमालेले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

एमालेले स्थानीय तहको निर्वाचन विथोल्न संवैधानिक एजेन्डा नै नबोकेको राप्रपासँग साँठगाँठ गरिरहेको उहाँको भनाइ थियो । मन्त्री बुढाथोकीले संविधान संशोधन प्रस्तावमा मुलुकलाई अहित हुने कुनै विषय नभए पनि आफू पछि परिन्छ भन्ने डरले एमालेले अनावश्यक बखेडा झिकेको आरोप लगाउनु भयो ।

सार्थै उहाँले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै लिएर मुलुकलाई निकाश दिने दाबी गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ