काठमाडौ ,१६ फागुन ।
सरकारले राजदूतको सिफारिसमा परेका तीन जनाको नाम फिर्ता गरेको छ । गएको सोमबार सिफारिसमा परेका युएईका लागि आशा लामा, ओमनका लागि शर्मिला पराजुली ढकाल र कतारका लागि रमेश कोइरालाको नाम फिर्ता लिने निर्णय गरेको हो ।
सिफारिसमा परेका तीनजनाको नाम सुनुवाईका लागी संसदीय सुनुवाई समितिमा पठाउने तयारी भईरहेका बेला चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले यसलाई रोक्न मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिनुभएको जनाईएको छ ।
विवादास्पद नाम रोक्न सत्तारुढ कांग्रेसभित्रैबाट पनि प्रधानमन्त्रीलाई दवाव परेको थियो । प्रधानमन्त्री कार्यलय श्रोतका अनुसार विवादित व्यक्तिलाई राजदूत बनाउँदा प्रधानमन्त्री र सरकार मुछिने भएकाले सिफारिस मध्ये तीन नाम प्रक्रियामा नपठाउने तयारी भएको हो ।
परराष्ट्रमन्त्री प्रकाशशरण महत जेनेभाबाट फर्किएपछि उनीहरुको ठाउँमा कसलाई पठाउने भन्ने निर्णय हुने जनाईएको छ । म्यानपावर सञ्चालक र विवादास्पद छवि भएका व्यक्तिलाई राजदूतमा सिफारिस गरेको भन्दै चौतर्र्फी विरोध भएको थियो ।
कोइराला र लामा नेपाली कांग्रेस तथा पराजुली फोरम लोकतान्त्रिकको कोटामा सिफारिस हुनुभएको हो ।