काठमाडौ ,१६ फागुन ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अपूग मतपेटिका खरिदको प्रक्रिया अघि बढाएको छ । आगामी वैशाख ३१ मा हुने निर्वाचनका लागि करिब २० हजार मतपेटिका अभाव हुने आयोगले जनाएको छ ।
निर्वाचनमा सहभागी हुने राजनितिक दलको संख्यमा वृद्धि हुने भएकाले मतपटिका थप्नुपर्ने आवश्यकता देखिएको आयोगका प्रवक्त सुर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
थ्रेसहोल्ड नराख्ने भएपछि संसदमा प्रतिनिधित्व गर्ने २९ दलको चुनाव चिन्ह समावेश गर्दा मतपत्रको आकार ठूलो हुने भएकाले मतपेटिकाको संख्य बढाउनु पर्ने अधिकारीको भनाई छ ।
स्थानीय निकाय पुनरसंरचना आयोगको प्रतिवेदन अनुसार मुलुकभरका २१ हजार मतदान केन्द्रमा सो संख्यमा मतपेटिका अपूग हुने देखिएको हो ।
चालु अवस्थामा ५० हजार मतपेटिका प्रयोग गर्न मिल्ने अवस्थामा रहेको छ । बाँकी मतपेटिका खरिदको प्रक्रिया अघि बढाएको आयोगले जनाएको छ ।