लमजुङ क्याम्पसमा दुई विद्यार्थी समुहबीच झडप

लमजुङ क्याम्पसमा दुई विद्यार्थी समुहबीच झडप

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ १६ फागुन ।
लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान क्याम्पसमा आज बिहान दुई बिद्यार्थी समुहबीच झडप भएको छ । अनेरास्ववियु समर्थित विद्यार्थी र नेविसंघ समर्थित विद्यार्थीबीच झडप हुँदा एक प्रहरी जवान घाइते भएका छन् ।

झडपलाई छुट्याउने क्रममा विद्यार्थीको प्रहारबाट सुन्दरबजार इलाका प्रहरी कार्यालयका सई होमनाथ अधिकारी घाइते भएको डीएसपी समीरचन्द्र खरेलले बताउनु भयो । खरेलको स्थानीय कर्मदा अस्पतालमा उपचार भइरहेको छ ।

झडपका क्रममा केही विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । नेविसंघ समर्थित कम्तीमा ४ जना विद्यार्थी घाइते भएको र उनीहरुको पनि स्थानीय कर्मदा अस्पतालमा उपचार भइरहेको नेविसंघ समर्थित विद्यार्थीहरुले बताएका छन् ।

अनेरास्ववियुका विद्यार्थीको आक्रमणबाट आफ्ना विद्यार्थी घाइते भएको नेविसंघले दावी गरेको छ । यसअघि गत माघ १७ गते राती नेबिसंघद्वारा गरिएको होस्टेल आक्रमणको विषयमा छानबिन समितिले १५ दिन भित्र बुझाउनु पर्ने प्रतिवेदनलाई क्याम्पसले सार्वजनिक नगरेको भन्दै अनेरास्ववियु समर्थित विद्यार्थीले हिजो क्याम्पसमा तालाबन्दी गरेका थिए ।

नेविसंघले त्यही ताला फोड्ने क्रममा दुई विद्यार्थीबीच आज बिहान झडप भएको हो । प्रहरीले अहिले स्थिति नियन्त्रणमा लिएको र थप घटना हुन नदिन प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ