मनाङले आज सेमिफाइनलमा माल्दिभ्सको टिसी स्पोर्ट्ससँग प्रतिस्पर्धा गर्ने

मनाङले आज सेमिफाइनलमा माल्दिभ्सको टिसी स्पोर्ट्ससँग प्रतिस्पर्धा गर्ने

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ १६ फागुन ।  

बंगलादेशमा जारी शेख कमाल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा आज नेपाली टोली मनाङ मस्र्याङ्दीले माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बंगलादेशको चाटगाउँस्थित मोहम्मद अजिज रंगाशालामा नेपाली समय अनुसार आज साँझ ६ : १५ मा हुने सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

मनाङ समुह बी को उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । उच्च मनोबलका साथ मैदान उत्रने मनाङ आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको फाइनल पुग्ने दाउमा हुनेछ ।

समुह चरणमा मनाङले मोहमदन स्पोर्टिङ क्लबलाई पािछ पारेको थियो । मनाङ समुह चरणको पहिलो खेलमा मोहमदन स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मायीसँग ३–१ ले पराजित भएको मनाङले समुहगत चरणकाृ अन्तिम खेलमा आयोजक अजहानी लिमिटेडलाई २–२ को बराबरीमा रोकेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी