काठमानडौ १५ फागुन ।
सरकारले अघि बढाएको संविधान संशोधन प्रस्तावमाथि आज विभिन्न दलका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गर्दैछन् । गत विहिबार बसेको संसद बैठकमा सैद्धान्तिक छलफल सकिएपछि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने समय आजसम्मका लागि तोकिएको थियो ।
प्रस्ताव दर्ताका लागि तीन दिनको समय तोकिएको भएपनि शुक्रबार महा शिवरात्री र हिजो शनिवार सार्वजनिक बिदा परेकाले आज मात्रै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता हुन लागेको हो ।
विधेयकको विपक्षीमा रहेका असन्तुष्ट दलका सांसदहरुले आज संविधान संशोधन विधेयकमाथि प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । प्रतिपक्षी दल नेकपा एमाले, नेमकिपा, नेकपा माले लगायतका दलका सांसदले विधेयकमाथि प्रस्ताव दर्ता गराउने तयारी भएको बताइएको छ ।
संशोधन विधेयकमाथि छलफल नै हुन नदिने एमाले लगायत प्रतिपक्षी दलको अडानका कारण दुई पटक सुचना टाँसेर स्थगित भएको बैठक गत विहिबारबाट भने सुचारु भएको थियो ।
यद्यपी संसदमा विधेयकमाथिको छलफल अघि बढाउन एमाले लगायत प्रतिपक्षी दल सहमत भएपनि प्रक्रियामा भने सहभागी नहुने जनाएको छ ।