कांग्रेसले आज मोर्चासँग छलफल गर्दै

कांग्रेसले आज मोर्चासँग छलफल गर्दै

  • आइतवार, फाल्गुन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ १५  

सरकारले संविधान संशोधन विधेयक पारित नगरी स्थानीय निकायको निर्वाचन मिति घोषणा गरेको भन्दै असन्तुष्ट मधेशी मोर्चालाई सहमतिमा ल्याउने पहल स्वरुप नेपाली कांग्रेसले आज मधेशी मोर्चा आवद्ध दलका नेताहरुसाग छलफल गर्दैछ ।

संशोधन विधेयक परिमार्जणसहित पारित नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको मोर्चाले स्थानीय निकाय निर्वाचन अघि सदनबाट संशोधन प्रस्ताव पारित हुनुपर्ने बताउदै आएको छ ।

संसदमा प्रक्रिया अघि बढिसकेको संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नुअघि प्रमुख सत्तासाझेदार दल समेत रहेका कांग्रेसले मोर्चाका नेताहरुसँग छलफल गर्न लागेको हो ।

यसैबीच मधेशी मोर्चाले आज संसदमा प्रतिनिधित्व गर्ने अनय दलहरुसँग छलफलको तयारी गरेको छ । विधेयकमाथि परिमार्जन प्रस्ताव गर्नु भन्दा पहिले सत्तारुढ नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलसँग छलफल गर्न लागिएको मोर्चाले जनाएको छ ।

संशोधन प्रस्तावबारे छलफल गर्न बिहान ११ बजेपछि सिंहदरबारमा मोर्चाको बैठक बोलाइएको सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिुनभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ