प्रिमियर लिगमा चेल्सी विजयी

प्रिमियर लिगमा चेल्सी विजयी

  • आइतवार, फाल्गुन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

एजेन्सी फागुन १५।
इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा चेल्सीद्धारा स्वान्सी सिटी पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले स्वान्सी सिटीलाई ३–१ ले पराजित गरेको हो ।

चेल्सीको जितमा सेस फाब्रिगास, पेड्रो र डिएगो कोस्टाले गोल गरे । यस्तै स्वान्सी सिटीका लागि फर्नान्डो लोरेन्टेले एक गोल फर्काए । खेलको १९ औं मिनेटमा फाब्रिगासले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

जितपछि शीर्ष स्थानको चेल्सीको २६ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५२ तथा तेस्रो स्थानको टोटनह्याम र चौथो स्थानको आर्सनलको समान ५० अंक छ ।

राति नै भएका अरु खेलमा एभर्टनले सन्डरल्याण्डलाई २–०, क्रिष्टल प्यालेसले मिडल्सबर्गलाई १–० तथा वेष्ट ब्रोमले बोर्नमाउथलाई २–१ ले हरायो । यस्तै वाट्फोर्ड र वेष्ट ह्याम तथा हल सिटी र बर्नलीले समान १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी